चन्डिराज दाहाल/नबिला बानु
विश्व परिवेशमा पत्रकारको हत्या :
बितेको एक दशक विश्वमा पत्रकार र तिनका सहयोगी गरी ११ सयभन्दाबढीको हत्या भएको छ । खास गरी सन् २००३ यता पत्रकारहरु मारिनेत्रmम ह्वात्तै बढेको छ । इन्टरनेसनल न्युज सेफ्टी इन्स्िटच्युटलेप्रकाशित गरेको पत्रकारको सुरसासम्बन्धी पहिलो विस्त ृतसभर्ेअनुसार पछिल्ला दस बर्समा प्रत्येक हप्ता दुर्इ जना पत्रकारमारिए । इन्स्िटच्युटले सार्वजनिक गरेको उत्तm तथ्यांकअनुसार सन् २००६ मा १ सय ६७ पत्रकारमारिए । सन् २००५ मा यो संख्या १ सय ४९ थियो भने सन् २००४ मा १ सय ३१ जना पत्रकार मारिएकाथिए । सन् २००३ मा ९४, सन् २००२ मा ७० र सन् २००१ मा १ सय ३ पत्रकार मारिएका थिए । यीमध्येधेरैजसो पत्रकारको हत्या समाचार संकलनका त्रmममा नभर्इ नियोजित ढंले योजनाबद्ध रुपमागरिएको पाइन्छ । अन्तर्राष्टि्रय पत्रकार महासंघ (आर्इएफजे)का अनुसार पत्रकार हत्यामा संलग्नहुनेमा राजनीतिक उद्देश्यले प्रेरित समूह र सङ्गठित गिरोह बढी रहेको पाइन्छ ।
नेपालमा पत्रकार हत्याको तस्बिर :
विश्वको सन्दर्भलार्इ छाडेर नेपालकै अवस्थालार्इ केलाउन थालौं ।पत्रकार हत्याको तस्बिर यहाँकोपनि उत्तकिै कहालीलाग्दो पाइन्छ । समाचार लेखेकै कारन पत्रकारलार्इ सताउने, आस्थाकै आधारमाबन्दी बनाउने या सत्ताको आलोचना गरेकै आधारमा धम्क्याउने त्रmम नयाँ होइन । पत्रकारिताकोसुरुवातसँगै यो त्रmम चलेको छ । पञ्चायतकाल प्रेसमाथि दमनको दर्दनाक इतिहास हो । राज्यकाआडमा गोलीकान्डको घटना पनि त्यसैबेला भयो । त्यसअघि र पछिका पनि त्यस्ता थुप्रै घटना दर्ताभएका छन् ।जनयुद्ध र नेपाली प्रेसमाओवादी आन्दोलनको प्रत्यस प्रभाव काठमाडौंजस्ता
शहरी सेत्रमा रसम्पन्न वर्गमा सुरुका बर्सहरुमा ज्यादै न्यून देखियो । सुरुका बर्सहरुमाजनयुद्ध 'कथित' मै सीमित रह्यो । तर, विस्तारै साथीभाइ र आफन्त तथाचिनेजानेका मानिसहरु मारिन थालेपछि नेपाली प्रेस एकाएक उदार देखिनथालेको थियो । पछि 'कथित', 'भूमिगत' जस्ता शब्द हटाएर 'माओवादी' लेख्नथालियो । माओवादी सवालमा भने प्रेस अलि खुम्चको थियो । जस्तै एउटाघटना :माओवादीले बाटो ढुकेर लुटपाट गरेको भन्दै देशान्तरले त्यस्तोआन्दोलनको आैचित्य नहुने समाचार लेखेको थियो । पछि एकअन्तर्वार्तामा डा. बाबुराम भट्टरार्इले देशान्तरका सम्पादकलार्इ खाल्डोमाहाल्नुपर्छ भन्ने अभिव्यत्तmि दिए । उत्तm अभिव्यत्तmिले नेपाली प्रेस माओवादीबाट प्रत्यस मारमापरेको थियो ।
जनयुद्धमा पत्रकार(हत्या :
पत्रकार(हत्याको भयानक श्र ृंखला भने नेकपा (माओवादी)ले २०५२ फागुन १ गते सुरु गरेकोजनयुद्धले मुलुक जनयुद्धको चपेटामा परेपछि अत्याधिक बढेको पाइन्छ । त्यसमा पनि तत्कालीनसरकारले २०५८ मंङि्सर ११ गते संकटकाल घोसना गरी माओवादीविरुद्ध सेना परिचालन गर्न थालेपछिपत्रकारको हत्या अधिक भएको पाइन्छ ।बितेको दशकमा जनयुद्धकै कारन राज्य वा विद्रोही पसकागोलीबाट मारिएका पत्रकारको संख्या दुर्इ दर्जन नाघको छ । संख्यात्मक आधारमा हेर्दा राज्य रविद्रोही दुवै पस पत्रकार हत्यामा भmन्डैभmन्डै प्रतिस्पर्धामा रहेको देखिन्छ । थोरैले राज्यलेमाओवादीलार्इ उछिनेको छ । पत्रकार क ृष्न सेनलार्इ पत्रmाउ गरी थुनामा राखिएकै अवस्थामा२०५९ सालमा राज्य पसबाट हत्या गरियो । त्यसैगरी पत्रकारहरु देवकुमार आचार्य, कञ्चन पि्रयदर्शी, कमल एसी, राजकुमार केसी, कुमार घिमिरे, विनोद चौधरी, नगेन्द्र पोखरल, पद्यराज देवकोटा, बद्रीखड्का आदिको राज्यपसबाटै हत्या भएको थियो । åन्åकालमा राज्यपसबाट अपहरन वा थुनामा हत्यागनर्े प्रव ृत्त िअधिक रहेको देखिन्छ । यसरी हेर्दा मानवताविरुद्ध अपराधमा मुद्दा चलाउन सकिनेअवस्थाबाट कुनै पनि पस टाढा छैन ।
जनयुद्धमा (२०५२ देखि २०६३ सालसम्म) मारिनेहरुको संख्या :
राज्य पसबाट ८,३७७
माओवादी पसबाट ४,९७०
जम्मा १३,३४७
मारिएका पत्रकारहरु :
राज्य पसबाट ११ (दुइ जना फोटोग्राफरसहित)
माओवादी पसबाट ७ (तीन जना फोटोग्राफरसहित)
संकटमा नेपाली प्रेस :
२०५८ सालमा नारायनहिटी हत्या कान्ड भएपछि नेपालमा पत्रकारिता पेसा निकै जोखिमपूर्न हुन गयो। जोखिम मोल्न नचाहेर अधिकांश पत्रिकाहरु राजदरबारले र पश्चिमेली सञ्चारमाध्यमले जे हल्लाफिँजाए त्यही नै आँखा चिम्लेर जस्ताको तस्तै प्रकाशित गर्दथे । सोही बर्स मंसिरमा पहिलोशान्तिवार्ताको विफलतासँगै नेकपा माओवादीले दाङको व्यारेकमा आत्रmमन गरेपश्चात देशमासंकटकालीन स्थितिको घोसना भयो । सेना परिचालन प्रारम्भ भयो र भीसन ग ृहयुद्ध सुरु भयो ।योसँगसँगै जिल्लाजिल्लामा नागरिक प्रशासनको अन्त्य हुन थाल्यो । वित्रिmकै भरमा टिक्ने कतिपयपत्रिकाले ठूलै सास्ती खेप्नुपर्यो । त्यसपछि प्रकाशक सम्पादकहरुले आफैंले आफैंलार्इ सेन्सरसीपलागू गनर्ुपनर्े अवस्था आयो ।निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालार्इ २०५९ साल असोजमाअपदस्थ गरी ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि जनयुद्ध भीसन रुपले चर्कियो । त्यसपछिआलोचनात्मक धार निर्वाह गर्दै åन्åको तथ्यसम्मत रिपोटिङ गनर्ु सबैभन्दा गाह्रो र चुनौतीपूर्न कामथियो । यद्यपि सत्यतथ्य सूचना संकलनमा मरिमेट्ने पत्रकारहरु सधैं जनताप्रति उत्तरदायी भएर अघिबढे । सही ढंगले आफ्नो व्यवसायलार्इ जोड दिँदै पत्रकारिता पेसाप्रति समर्पित सञ्चारकर्मीहरुले यस्तोनीति अपनाएका थिए ।·
कुनै को पनि समर्थन नलिने, सत्य र मानवीयताको पसमा उभिने ।·
दुवै पसका कुरा अगाडि सारिदिने, फैसला गनर् निर्नय पाठकलार्इ सुम्पने ।·एउटामात्र स्रोतमा विश्वासनगनर्े, भरपर्दो र स्वतन्त्र स्रोत उद ृत गर्दै संकलित सूचनालार्इ त्रmसचेक गनर्े ।
åन्å पत्रकारिताको अनुभवजनयुद्धले आत्रmान्त १२ बर्स अब इतिकास बनेको छ । तर, नेपालीभूमिमा भएको यो विद्रोहको प्रभाव दीर्घकालसम्म रहिरहनेछ । युद्ध उत्कस ृमा पुग्दा यसले मानवीयसंवेदनाको पाटोलार्इ बिर्साएको थियो । आफन्तबाहेक अरुको म ृत्युको खबर सुन्दा सामान्य लाग्नथालिसकेको थियो । म ृत्युको सन्देश बोकेर जनताका घरघरमा पुग्ने सञ्चारमाध्यमहरु युद्धकोदैनिकी पस्किरहेका हुन्थे । युद्ध पत्रकारिताको अभ्यास प्राय ग ृहयुद्ध भएका मुलुकहरुमा हुँदै आएकोपाइन्छ । नेपालमा २०५२ सालमा नेकपा माओवादीले आैपचारिक रुपमा युद्ध घोसना गरेपछि नेपालीपत्रकारहरुको पनि युद्ध पत्रकारितासँग परिचय भयो । विदेशी टेलिभिजन च्यानलहरुमा युद्धका द ृश्यहेरेर भmस्कने नेपाली सञ्चारकर्मीहरु आफैं त्यस्ता द ृश्य क्यामारामा कैद गर्न थाले । युद्धको मोर्चामागएर गोलीका पर्रा छल्दै, बमका छर्राबाट जोगिँदै समाचार संकलन गर्न बाध्य भए । यसरी उनीहरुलेपत्रकारितामा एउटा नौलो अभ्यास गनर्े मौका भने पाए । तर, युद्धले सञ्चारजगतमा पुर्याएकोअपूरनीय सतिले भने प्रत्येक सञ्चारकर्मीलार्इ अभmै पनि त्रसित तुल्याएको छ । अभmै पनिपत्रकार हत्याका घटना पूर्न रुपमा रोकिएको अवस्था छैन । युद्ध पत्रकारिता पूर्नत: स्वतन्त्र कहीं पनिछैन । त्यसैले कुनै एक पससँग निकट नभए युद्ध पत्रकारिता गर्न सकिँदैन । सूचना संकलनका लागि योआवश्यक नै ठानिन्छ । त्यसो त नेपालको ग्रामीन सेत्रमा रहेर युद्ध पत्रकारिता गनर्े पत्रकारहरुलेआफ्नो छुट्टै कोड भासाको पनि विकास गनर्े गर्दथे । जस्तै गोपनीयता कायम गर्न : पहाडी जिल्लामापे्रसलार्इ 'घट्ट' कागजलार्इ पिठो, डेक्स्टप कम्प्युटरलार्इ डोकोटप र ल्याप्टपलार्इ काखीच्यापभनेर नामाकरन गरेको सन्दर्भले नेपाली प्रेस कति नाजुक अवस्थाबाट अगाडि बढिरहेको थियो भन्नेप्रष्ट हुन्छ ।
कलमविरुद्ध बन्दुक :
राष्टि्रय समाचार समितिका सिन्धुपाल्चोक संवाददाता ज्ञानेन्द्र खड्कालार्इ माओवादीले उनकैश्रीमतीको अगाडि घाँटी रेटेर हत्या गरे । २०६० साल भदौको घटनामा माओवादी छापामारलेज्ञानेन्द्रलार्इ सरकारी गुप्तचरको आरोप लगार्इ हत्या गरेका थिए । पत्रकार क ृष्नसेन जनयुद्धकापसधर थिए । राज्यविरुद्ध गतिबिधि गरेको आरोपमा उनी समातिए र लामो काराबासमा बस्न बाध्यबनाइए । नेपाल पत्रकार महासंघको दबाबमुलक प्रयासमा उनी छुटे । तर, उनलार्इ फेरि समातियो रराजधानीको महेन्द्र पुलिस क्लबमा थुनियो । लामो अन्योलपछि थाहा भयो ( चरम यातना दिर्इ उनकोहत्या गरियो ।åन्åका त्रmममा नेपाली प्रेसले खेप्नुपरेका यी दुर्इ चरम उदाहरन हुन् । आस्था र विचारशिरोपर गरेकै कारन हालसम्म ३६ जनाभन्दा बढी सञ्चारकर्मीले जीवन समर्पन गनर्ुपरेको इतिहासनेपाली सञ्चारजगतले बोकेको छ । आफ्नो पसमा फाइदा पुगे त्यसको बढी सराहना गनर्े र फाइदानपुगे हत्यासम्म गर्न पछि नपनर्े प्रव ृत्त िदुवै पसमा देखिन्छ । हत्याको जिम्मेवारी लिने रगल्तीबोध गनर्े सन्दर्भमा दुवै पस निकै कमजोर देखिएका छन् । कुनै कुनै घटनामा भने माओवादीअध्यस प्रचन्डले गल्तीबोध गर्दै समायाचना गरेका थिए तर राज्यपसबाट भने त्यतिसम्म पनिगरिएको पाइएन ।
माओवादी पसबाट जनयुद्धका समयमा मारिएका सञ्चारकर्मीहरु : ·ज्ञानेन्द्र खड्का, सिन्धुपाल्चोक(२०६० भदौ २१ गते ३:३० बजे सिउँसो घाँटी रेटेर ।·
डेकेन्द्रराज थापा, दैलेख(२०६१ साउन, कब्जामा लिर्इ मारेको ।·
खगेन्द्र श्रेष्ठ, धरान २०६१ चैत दिउँसो १ बजे(माओवादीको गोली प्रहारबाट ।·गोपाल गिरी, २०६० माघ १गोली प्रहार(५ लाख चन्दा माग्दा नदिएको भन्दै । पहिले पत्रकारिता गरेका उनी बीरगञ्जउपमहानगरपालिकाका मेयर थिए । वार्तामा बोलार्इ गोली हानी मारिएको ।·
अम्बिका तिमल्सिना, २०५९ मंसिर २५ प्रहरीले थुनेको, सुराकीका आधारमा माओवादीले हत्या गरेको।·
धनबहादुर रोका मगर, रोल्पा, २०५९ माघ १६·
नवराज शर्मा 'बसन्त' कालिकोट, २०५९ बैशाख १९, कर्नालीमा पत्रिका प्रकाशित गर्न पहिलोसञ्चारकर्मी, विद्युत नभएकाले सुखर्ेतबाट 'कदम' साप्ताहि, २०५८ सालमा अपहरन गरिएको, मुत्तm भएपछि सरकारले कब्जामा लियो । फेरि पछि माओवादी अपहरनमा परे । हातखुट्टा काटी छातिमागोली हानी माओवादीले हत्या गरेको ।
सरकार पसबाट जनयुद्धका समयमा मारिएका सञ्चारकर्मीहरु :·
क ृष्नसेन इच्छुक, जनादेशका सम्पादक, २०५९ जेठ १३ । त्रmान्तिकारी मिसन पत्रकारिता गर्दथे ।·
पदमराज देवकोटा, जुम्ला, २०६० पुस । कब्जामा लिर्इ, छोड्ने त्रmममा पछाडिबाट गोली प्रहार ।·
देवकुमार आचार्य, २०५९ साउन ८, भmापा सेनाको कब्जामा रहेपछि म ृत अवस्थामा भेटिएको ।·
राजकुमार केसी, २०५९ कात्तकि ७ रामेछाप, सैनिकको गोली प्रहारबाट म ृत्यु ।·
कञ्चन पि्रयदर्शी, सिन्धुपाल्चोक, २०५९ बैशाख १६ सेनाको गोली प्रहारबाट म ृत्यु ।·
कमल एसी, २०५९ बैशाख १६ नुवाको ।·
कुमार घिमिरे २०५९ असोज १४ धनगढी, बाटैमा हत्या गरिएको ।·
बद्री खड्का, र्इश्वर ढुङ्गाना, थमन परियार, चिनबहादुर बुढा (भिडन्त)
सञ्चारमाध्यममाथि भएका आत्रmमनहरु :
संकटकाल सुरु हुनुअघि नै केही पत्रकारहरुलार्इ प्रशासनीक तनाव वा यातना दिइने त्रmम सामान्यजस्तै बनेको थियो । संकटकाल सुरुभएपछि त्यो त्रmम भmन्भmन् बढ्यो र त्यसअवधिमा १ सय६०भन्दा बढी पत्रकारलार्इ बन्दी बनाइयो । सन् २००३ जनवरी २९मा माओवादीले युद्धविराम घोसनागरेपछि पनि केहीलार्इ प्रहरी वा सेनाको नियन्त्रनमा वा जेलमा राखियो । संकटकालकै अवधिभरमा ९जना पत्रकारहरु राज्यपसबाट मारिए । पूर्वसूचना वा कुनै कारनविना नै पत्रकाहरुलार्इ बन्दीबनाइन्थ्यो । यस्तै त्रmममा संकटकालमा मात्रै राज्यले बन्दी बनाएका पत्रकाहरुको संख्या ६९ पुगेकोथियो । उता जनताकै लागि लडेको भन्ने माओवादीले पनि सञ्चारकर्मीलार्इ कम सताएनन् ।संकटकाल घोसना भएपछि भm्न चर्किएको जनयुद्धका त्रmममा माओवादीले ३ जना पत्रकारकोअपहरन गरे । धेरै पत्रकारलार्इ दुव्र्यवहार गनर्े र धम्क्याउने जस्ता कार्य गरे । काठमाडौंबाटप्रकाशित हुने जनदिशा साप्ताहिक, जनादेश दैनिक, दिशाबोध मासिक, महिमा साप्ताहिक र एेक्वबद्धतामासिकका सम्पादक प्रकाशकलार्इ बन्दी बनाइँदा प्रकाशन नै बन्द गनर्ुपनर्े स्थिति आयो ।काठमाडौं बाहिरका पत्रपत्रिका तथा एफएम रेडियोहरुले त त्यसपछिको समयमा निकै कष्टकर भएकोमहसुस गरे । मोफसलका पत्रिकाहरु जस्तै चुरेसन्देश, सुखर्ेतपोष्ट, द म्यासेन्जर लगायत जिल्लाबाटप्रकाशित हुने धेरै पत्रपत्रिकाहरु बन्द भए । यीमध्ये धेरै धम्कीकै कारन बन्द गरिए । त्यत्तमिात्र नभर्इप्रहरीले कम्प्युटर, छापाखानाका सामग्रीहरु क्यामारा, फोनसेट, रेकर्डर जस्ता सामान जफत गर्यो ।काठमाडौं पोष्टको सन् २००८ नोभेम्बर २१को अंक जफत गरियो । विशेसगरी रेडियोलार्इ नियन्त्रन गर्नराज्यले गरेका विभिन्न हस्तसेपले स्वतन्त्र रेडियोमाथि आत्रmमन भयो । सन् २००५ अक्टोबर २१तारिखका दिन राति ११:१० मा सशस्त्र प्रहरीहरु साथ लिर्इ दुर्इ सरकारी कर्मचारी कान्तिपुर एफएमकोकार्यालयमा प्रवेश गरे र काठमाडौं स्टेसनलार्इ भेडेटार र धनकुटासँग जोड्ने आठ सेट उपकरनहरुकब्जामा लिए । प्रतिकारमा उत्रेका कर्मचारीहरुमाथि दुव्र्यवहार गर्दै उनीहरुले गरेको ठाडो हस्तसेपनेपाली सञ्चारसेत्रकै लागि ठूलो चुनौती थियो । उपलब्ध प्रमान र कागजातका आधारमा इन्सेक, पत्रकार महासंघ लगायतले शाही सरकारले कान्तिपुर एफएममाथि गरेको उत्तm हस्तसेपलार्इअबैधानिक कार्य भनी विरोध गरेका थिए । त्यसैगरी सन् २००५ नोभेम्बर २७ तारिखका दिन राति ९:१३बजे ३५(४० जना सशस्त्र प्रहरीका साथमा गएका एक सरकारी कर्मचारीले सगरमाथा एफएमकोकार्यालयमा प्रवेश गरी प्रसारन उपकरनहरु लिएर गए । पत्रकारसहित पाँच जना कर्मचारीलार्इ थुनेरउनीहरुले बीबीसी सेवाले प्रदान गरेको एक सेट रिसिभर समेत लिएर गए र बलपूर्वक एफएम बन्द गराए।
निष्कर्स :
२०४७ सालको संविधानले प्रेसलार्इ दिएको स्वतन्त्रता एसियाकै लागि नमुना मानिन्छ । तर, व्यवहारमा भने नेपाली प्रेसले स्वतन्त्रताको अनुभव गर्न पाएन । प्रजातन्त्र पुर्नस्थापनाको केही बर्समैजनयुद्ध सुरु भएपछि नेपाली सञ्चारमाध्यमहरु åन्åको प्रत्यस मारमा परे । विग्रँदो राजनीतिका कारनदेशमा संकटकालको अवस्था सिर्जना भयो । यसैबेला धेरै नेपाली सञ्चारकर्मीले ज्यान गुमाउनु पर्योभने धेरै सञ्चार माध्यमहरुले राज्य तथा विद्रोही पसबाट कुनै न कुनै रुपमा आफूमाथि भएकोआत्रmमनको सामना गनर्ुपर्यो । सञ्चारकर्मीमाथि भएका धम्की, दुव्र्यवहार, अपहरन, यातनाजस्ता काम दुवै पसबाट भए । अत: नेपाली सञ्चार जगतले गरेको यो अनुभवले प्रेस स्वतन्त्रताप्रतिसजग रहन र आफूविरुद्ध भएका हस्तसेपलार्इ सोभmै प्रतिकार गर्न सबै सञ्चारकर्मीहरुलार्इ एकभएर जुट्नुपनर्े पाठ सिकाएको छ ।
धन्यवाद !
स्रोत : · नेपाली प्रेस ड्युरिङ स्टेट अफ इमर्जेन्सी ( नेपाल पत्रकार महासंघ· बन्दुकको मारमाकलम(नेपाल पत्रकार महासंघ·
प्रेस काउन्सिल नेपाल, बार्सिक प्रतिवेदन २०६५·
मिडियाको अन्तर्वस्तु, विविध विश्लेसन(२०६९), मार्टिन चौतारी
· www.inseconline.org
· www.presscouncilnepal.org
· www.nepalpressfreedom.org