भनौं मेरो दैनिकी कुयू गेटबाटै सुरु हुन्छ । त्यसअघिको समयलाई पनि म अघिल्दै दिनको आखिरी समयसम्झन्छु । अर्थात् सधैं बिहानको नौ बजेपछि मेरा लागि एउटा नयाँ दिनको ढोका खुल्दछ र कसैको पर्खाइमा मकेही समय बिताइदिन्छु । बनेपा फास्टफुड त्यही केन्द्र हो म र मेरा साथीहरुका लागि हो-हल्ला गर्ने अझ भनौं गफगर्ने । खाली समय त्यहाँ राम्रैसँग बित्छ । तर आज हातमा एउटा उपन्यास छ । कक्षामा पुग्नुअघि सिध्याउनुपर्नेहुनाले म एकचित्त भएर त्यसैमा घोरिइरहेको छु । मेरो ध्यान एकाएक किताबमै तानिन्छ । पचासौं पृष्ठमाआइपुग्दा मात्र उपन्यासले आम पाठकमाझ केही न्याय गर्न खोजेको भान हुन्छ । तर पनि यसको मुख्य पात्रहरुसुयोगबीर र सकमबरीबीचको सम्बन्धले स्पष्ट रुप नपाउँदा भने जीवनप्रति निरर्थकताबोध हुन्छ ।
एकपटक फेरि टाउको उठाएर वरिपरी हेर्छु । गेट वरिपरी युवायुवतीका विभिन्न आकृतिहरु देख्छु । तर मेराआँखाले कुनै पि्रय आकृति ठम्याउँन सक्तैनन् । निराश मनले पुनः किताबतिरै आँखा डुलाउँछु ।
'उसले नदेख्ने गरी घरभित्र जान्छु र कराई भने ए देखिनँ भन्छु' भनी विचार गर्दै एक किसिमको ठट्टा गर्ने भावनामा म उसको पछिसम्म गएँ । तर वास्तविकतालाई कहाँ ठग्न सक्ने रुखको ओझेलमा सुनौलो टाउको र सेतो गर्धनलाई हेर्न पाइरहेछु उही पनि पछाडिबाट । यो टाउको त अप्राप्ति हो यो गर्धन त मृगतृष्णा हो आज त मनग्गे हेर्छु । हेरि नै रहन्छु । यही त हो नि बरीलाई पाएँ भन्नुको गर्व बरीलाई हराएको मेरो विजय मेरो सीमा मैले मान्नुपर्ने मेरो सन्तुष्टि । माया लाग्दा लाग्दै उसलाई यसरी तिर्खाएर हेर्नु त हो नि मेरो जीवन । आह ! कति गठिएको छु । कस्तरी विाचत राखिएको छु । हेर्दाहेर्दै म आत्मविभोर हुन थालेँ । मेरा नसाहरुमा रमाइलो झमझम साचार हुन थाल्यो । मैले आफ्नो स्थितिलाई बिस्रन थालेँ । कस्तो कस्तो एउटा उत्तेजनाले मलाई कस्दै ल्यायो । अनायास मैले भएभरको प्रेम पोखेर बोलाउन पुगेछु 'बरी !'
झल्याँस्स झस्किएर गेटतिर हेरेँ । ल बर्बाद ऊ त कटिसकिछ । आज त सामुन्नेबाट हेर्न पनि पाइएन । तर केहीछैन उसले त हेरी होला नि । हेर्नु जत्तिकै आनन्द हेरिनुमा पनि त छ नि ! यस्तै सोचेर म उपन्यासकोक्लाइमेक्सतर्फ फर्किएँ ।
उसले तसे्रर हेरी र अनुहार उज्यालो पार्दै कराई 'आम्मै ! सुयोगजी ! तपाईं !'
'यह आऊ त ।' आज्ञाकारी बच्चीजस्तै ऊ मेरो धेरै नजिक आई सधैंजस्तै र भनी 'किन '
म आफ्नो नियन्त्रणमा थिइनँ । स्थिति छुट्याउन सक्ने सामथ्र्य ममा थिएन । म सर्वाङ्ग कामिरहेको थिएँ । आवेशमा आएर मैले उसको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा म्वाइँ खाइदिएँ र आत्मतृप्तिको अनुभव गर्नै नपाई मलाई मोहले छोड्यो । डरलाग्दो सपनाबाट बिउँझेजस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ मुटु कामिरहेको थियो ……<br>
तर बिचरा सुयोगबीर एउटा सिपाहीमा हुने साहस उसमा बाँकी रहेनछ । यस्तै सोच्दै सुयोगबीरलाई राम्रोसँगनियाल्ने विचार गरँ । वास्तवमा उसले जसजसलाई बलात्कार गरेथ्यो उनीहरुलाई प्रेम गर्न सकेन । जसलाई प्रेमगर्दथ्यो उसलाई बलात्कार गर्न पनि सकेन । बिचरा ऊ ! बरीलाई देखेदेखि कुिठएर रहेका ऊप्रतिका भावना प्रेम रबासनाका उत्प्रेरणा भएभरको साहस निकाली उसकैसामू पोखिदिँदासमेत आफ्नो प्रेमको निर्णायक मोड हासिलगर्न सक्दैन सुयोगबीर । वियोगान्त उपन्यासलाई विट मार्दै म गेटभित्र प्रवेश गरेँ । समयले गति लिइसकेकोहुनाले कक्षाकोठातिर लागँे। मन स्थिर रहन सकेन । आज फूलविहीन शिरिषका रित्ता हाँगाहरु आफ्नोरित्तोपनलाई स्वीकार गरेर उभिएका छन् । म नयाँ पालुवाको पर्खाइमा शयल तापिरहेको छु ती शिरिषका बोटमुनि।

No comments:
Post a Comment